समाचार प्रदेश ४

अस्पतालको सिसा फोरेर हामफाल्दा एक जनाको मृत्यु

अस्पतालको सिसा फोरेर हामफाल्दा एक जनाको मृत्यु

पोखरा । पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङले सिसा फोरेर हाम फाल्दा मृत्यु भएको छ ।

 

लमजुङ्ग घर भइ पोखरा ११ फुलबारी बस्दै आएका ३० वर्षिय युवराज गुरुङ तीन दिनअघि उपचारका लागि नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजमा पुगेका थिए ।

 

त्यहाँबाट उनलाई चरक मेमोरियल अस्पतालमा रिफर गरिएको थियो । चरकको आइसियु कक्षमा उपचार गराइरहेका उनी बिहीबार बेलुका पौने पाँच बजे सिसा फोडेर हाम फालेका थिए ।

 

गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । चरकमा उपचार हुन नसकेपछि फूलबारी स्थित मनिपाल अस्पताल पु¥याइएको थियो । उनको उपचारको क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको कास्की प्रहरी प्रवत्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

 

गुरुङ मानसिक रुपमा अस्वस्थ रहेकाले औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ । अस्पताल आउनु अघि पनि अत्याधिक औषधि सेवन गरेको बताइए पनि परिवारले उनको बारेमा थप केही बोल्न नखोजेको खत्रीले जानकारी दिए ।

विशेष