मुख्य समाचार

यी हुन् अाज बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् अाज बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाण्डौ । अाज बसेको मन्त्रिपरिषद् बैठकले दुई निर्णय गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजिव गौतमलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको गरेको छ ।

 

डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरेर प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

 

बैठकले राष्ट्रिय योजनाको उपाध्यक्ष पनि नियुक्त गर्ने भनिएको थियो । योजना आयोगको उपाध्यक्षका लागि डा.पुष्प कडेलको नाम अघि सारिएको छ । उनी एमाले केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष हुन् ।

 

त्यस्तै, सरकारले विद्यालय भर्ना अभियानलाई सफल बनाउनका लागि सबैलाई विद्यालय जाने उमेर पुगेका बालबालिकालाई विद्यालय भर्ना गराउन आह्वान गर्ने निर्णय गरेको छ । 

 

सरकारले मन्त्री, सांसद, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, सरकारी अधिकारी, उद्योगी, कलाकार, शिक्षक संगठन, गैह्र सरकारी संस्था सबैलाई विद्यालय भर्ना अभियानलाई सफल बनाउन एक-एक बालबालिकालाई विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ ।


नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका लागि आजै मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ । 

 

 

मन्त्रिपरिषद् बैठक