शेयर

शेयर बजारमा खैलाबैला, व्यवसायी आन्दोलनमा उत्रिने मानसिकतामा

शेयर बजारमा खैलाबैला, व्यवसायी आन्दोलनमा उत्रिने मानसिकतामा

काठमाडाैं । शेयर बजार अप्रत्यासित रूपले ओह्रालो लागेको छ । ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाको एक अभिव्यक्तिपछि थप ओह्रालो लागेको शेयर बजारले ओर्लिने क्रमलाई जारी नै राखेको छ ।

 

अर्थमन्त्री खतिवडाले ‘कृत्रिम या अनुचित किसिमबाट बढाइएको शेयर मार्केट घट्नु र बढ्नुसँग मुलुकको अर्थतन्त्रलाई सरोकार नरहेको’ अभिव्यक्ति दिएका थिए । यसबाट नेप्सेमा कहालीलाग्दो गिराओट आएको छ भने यही गतिले मार्केट घट्दै जाने हो भने नयाँ इतिहास नै रचिने सम्भावना बढेको छ ।

 

आजको शेयर मार्केटमा नेप्से ५१.८९ अंकले घटेर ११६८.५५ अंकमा आउँदा ४.२५ प्रतिशतले गिरावट भई आजको कारोबार बन्द भएको छ । आजको कारोबारमा पटक–पटक सर्किट ब्रेक लागेको थियो ।

 

यही रेसियोले शेयर ओह्रालो लाग्ने हो भने चैत महिनाभित्रैमा नेप्से सात सयको हाराहारीमा आउने भयो भन्दै शेयर मार्केटमा खैलाबैला मच्चिएको छ । अर्थमन्त्रीको अभिव्यक्तिविरुद्ध शेयर व्यवसायीहरूले आन्दोलनमा उत्रिने मानसिकता बनाएका छन् ।