मुख्य समाचार अर्थ शेयर

चीनले भन्याे: जलविद्युतमा नौं अर्ब लगानी हाम्राे भयाे

चीनले भन्याे: जलविद्युतमा नौं अर्ब लगानी हाम्राे भयाे

काठमाडौं । पिपल्स हाइड्रो लिमिटेडले चीनबाट नौं अरव रकम जलविद्युत् आयोजनाका लागि भित्रयाउने भएको छ । कम्पनीले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले करिब ९ अरब खिम्ती २ जलविद्युत् आयोजनामा लगानी गर्न लागेको जानकारी गराएको हो । ४८ दशमलव ८० मेगावाट क्षमताको सो आयोजना २०७८ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत १० अरव रहेको छ । चीनबाट भित्रिने रकमबाहेक अरु रकम भने प्रवद्र्धक पिपल्स हाइड्रोले स्वपूँजीमार्फत लगानी गर्नेछ ।


चिनियाँ कम्पनीले इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा निर्माण गर्नेछ । उक्त कम्पनीले आयोजना निर्माण सम्पन्न भएको ७ सय दिनभित्र आफ्नो लगानी फिर्ता लैजाने गरी सहमति भएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


दोलखा र रामेछापको जिरी खिम्तीमा बाँध बाँधेर कूल ६ दलमलब ६ किलोमिटर लामो सुरुङमार्फत् खिम्ती आयोजनाको बाँधस्थल नजिक निर्माण हुने विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको देवीटार सबस्टेशनमा जोडिनेछ ।


आयोजनाको हाल पहुँच मार्ग, आवास स्थल निर्माण तथा निर्माणका लागि आवश्यक पर्ने विद्युत् जोड्ने प्रसारण लाइन निर्माणको काम भइरहेको छ । आगामी वैशाखदेखि आयोजनाको निर्माण शुरु हँुनेछ । चिनियाँ कम्पनीले निर्माण शुरु गरेको तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।


आयोजनाबाट हिउँदमा ४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ भने वर्षाकालमा २ सय २३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । प्रबद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाकालमा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ । सो कम्पनीले यसअघि रुदी ए ८ दशमलव ८ मेगावाट र रुदी बी ६ दशमलव ६ मेगावाट क्षमताका दुई आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।