अर्थ शेयर

सेयरबजार हरियो रहेर थामियो

सेयरबजार हरियो रहेर थामियो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकलेमात्र हरियो रहेर थामियो । कारोबार पनि अघिल्लो दिनको तुलनामा सामान्य सुध्रियो ।

 

उतार–चढावबीच बजार परिसूचक नेप्से अढाइ अंक बराबरले सकारात्मक रहेर १२ सय ८८ अंक कायम भएर थामियो ।

 

उत्पादनमूलकबाहेक अरु समूह हरियो रहे । होटल समूह ७५ अंकले उकालो लाग्यो । जलविद्युत् समूह दोहोरो अंकले बढ्दा अरु समूह भने सामान्य अंकले सकारात्मक रहे । उत्पादनमूलक समूहमा भने २५ अंकको गिरावट आयो ।

 

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका ६ लाख २५ हजार कित्ता सेयर २३ करोड ३८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।