समाचार बैंकिङ

कैलाश विकास बैंकले ल्यायो ‘सिल्भर जुब्ली निक्षेप’ योजना

कैलाश विकास बैंकले ल्यायो ‘सिल्भर जुब्ली निक्षेप’ योजना

काठमाडौं- कैलाश विकास बैंकले ‘सिल्भर जुब्ली निक्षेप’ योजना सञ्चालनमा ल्याएको छ।

 


बैंकले आइतबारदेखि लागू हुनेगरी सिल्भर जुब्ली बचत खातामा ८ दशमलव ५० प्रतिशत वार्षिक ब्याज र ३ महिने मुद्दती खातामा १२ प्रतिशत वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो।

 


२५ औं वर्षमा प्रवेश गरेको बैंकले रजत वर्षको अवसरमा आफ्ना ग्राहकलाई सर्वाधिक ब्याज उपलब्ध गराउने उद्देश्यले यो योजना प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए।

 


चालु आर्थिक वर्षको ६ महिनासम्ममा बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। त्यस्तै, बैंकले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले यसअवधिमा २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको छ।

 


हाल ४३ वटा शाखाबाट आफ्ना ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले फागुन मसान्तसम्म विराटनगरमा र यही आर्थिक वर्षमा वीरगञ्ज र दमकमा थप दुई शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

 


बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गर्दै आएको छ।

ADVERTISEMENT