बैंकिङ

पोखरामा बम विष्फोट, पत्रकार र प्रहरी घाईते

पोखरामा बम विष्फोट, पत्रकार र प्रहरी घाईते

पोखरा । कस्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी जवान र पत्रकार घाइते भएका छन् । विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो ।

 

नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो । उक्त विस्फाेटमा परी स्थानीय पत्रकार पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

 

शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका घनश्याम पाण्डेको दाहिनेपट्टी टाउको र घाँटीमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ ।

ADVERTISEMENT