कर्पोरेट समाचार ओटोमोबाइल

टाटा मोटर्सले भित्र्यायो 'टुर एन्ड ट्राभल'का लागि उपयुक्त ’विंगर मिनीबस’

टाटा मोटर्सले भित्र्यायो 'टुर एन्ड ट्राभल'का लागि उपयुक्त ’विंगर मिनीबस’

काठमाडौं । भारतको सबैभन्दा ठूलो व्यापारिक सवारीसाधन निर्माता टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन 'विंगर मिनिबस' सार्वजनिक गरेको छ। ३० लाख ८० हजारबाट शुरू हुने विंगर मिनिबस काठमाडौं, इटहरी र बुटवल गरी तीन वटा बजारमा चरणबद्ध रूपमा सार्वजनिक गरेको हो।

 

सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै टाटा मोटर्सका भिपि-प्रडक्ट लाइन एससिभि बिनय पाठकले विंगर मिनिबस रुट एप्लिकेसन तथा टुर एन्ड ट्राभल अपरेटहरूका लागि उपयोक्त हुने बताए। उनले भने, 'नेपाल व्यापक शहरीकरण, ट्राफिक संकुचन र वातावरणीय चिन्ता भएको देश हो । टाटा विंगर मिनिबस एक कायापलट गर्न सक्ने उत्पादन हुनेछ, जसले नेपालमा रूट एप्लिकेसन र टुर र ट्राभल अपरेटरहरूका लागि उत्पादन कार्यसम्पादन र इन्धनको क्षमताको बढ्दो आवश्यकतालाई सम्बोधन गर्नेछ । यसले स्टाइल, फराकिलो स्थान, आराम र सुरक्षा प्रदान गर्दछ र हामी यो मिनिबस ठूलो परिवार, व्यापारहरू र सटल अपरेटरहरू माझ चर्चित हुने कुरामा ढुक्क छौँ।'

 

समारोहमा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँगको आफ्नो सम्बन्ध अगस्ट १९८२ देखि रहेको स्मरण गराउँदै उनले भने, 'यी वर्षहरूमा, टाटा मोटर्सले नेपाली बजारमा उसको स्थान विस्तार गरेको छ र सिप्रदीमा रहेर हामीले यी उत्पादनहरूलाई समृद्ध खरिद अनुभव र बिक्रीपछिको उच्चस्तरीय सेवा सहायताको माध्यमबाट सहयोग जारी राख्नेछौँ ।'

 

उनले टाटा विंगरलाई चार महिनाअघि नै नेपालमा भित्र्यार देशका विभिन्न क्षेत्रमा परीक्षणमा राखेको बताए ।उनले थपे, 'हामीले टाटा विंगरलाई पूर्णक्षमतामा नेपालको पश्चिमदेखि पूर्व र पुनः पश्चिममा र दार्चुलाको उत्तरी पहाडी क्षेत्रमा पनि परीक्षण गरेका छौँ र यो उत्पादनले यसको तेज र चुस्ततालाई प्रमाणित गरेको छ र हाम्रो अविश्वसनीय सडकका लागि उपयुक्त मेल बनेको छ । नेपालमा आकर्षक मूल्यमा विकसित विशेषतासहित टाटा विंगर मिनिबसलाई परिचित गराउन पाउँदा हामी एकदमै ढुक्क छौँ । बसहरू अझै पनि नचल्ने साँघुरो सडकमा आरामदायी यात्राका लागि बढ्दो मागलाई सम्बोधन गर्नका लागि, हामी टाटा विंगर मिनिबसले देशको अन्तिम माइलको यात्रुको मागलाई बढावा दिदैं देशभर उद्यमशीलता विकास जारी राख्ने कुरामा विश्वास राख्दछौं ।'

 

रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि अद्वितीय आराम र अपरेटरका लागि किफायती प्रदान गर्ने कम्पनीको विश्वास छ । टाटा विंगर मिनीबस ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ जसले सवारी साधनलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८० मिमी दिन्छ । १९०० मिमी र ६.३ इन्चको आन्तरिक उचाइँले यात्रुहरूको चाललाई सजिलो बनाउन मदत गर्दछ । लामो दूरीको यात्राका लागि, विंगर मिनीबसले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउँछ । 

आरामदायक भित्री माहौलले आरामको विकसित मात्रा र उच्चतम सडक अनुभव प्रदान गर्दछ । यो सवारी साधनमा आरामदायी पछाडि धकेल्ने सिटहरू, व्यक्तिगत वातानुकुलीत भेन्टहरू, सिटको हरेक पंक्तिमा युएसबी चार्जिङ प्वाइन्ट प्रदान गर्दछ जसले छोटो र लामो दुबै यात्रालाई स्मरणीय बनाउँछ । साथै, विंगरको मोनोकोक बडि निर्माणले कारजस्तै कम मात्राको ध्वनी, कम्पन (एनभीएच) सुनिश्चित गर्दछ । स्वतन्त्र अगाडिको सस्पेन्सन र हाइड्रोलिक शक एब्जर्वरसहितको एन्टिरोल बारले नझ्याक्ने यात्राको सुनिश्चितता गर्दछ ।

 

अधिकतम कार्यसम्पादन र इन्धनको किफायतीका लागि, विंगर मिनीबसमा टाटा मोटर्सको २.२ लिटरको डाइकर इन्जिन छ जसले १०० हर्सपावरको शक्ति र १९० एनएमको फ्ल्याट टर्क दिन्छ र कम आरपीएममा पनि धेरै तान्न शक्ति सुनिश्चित गर्छ । १५ सिट भएको यो सवारी साधनमा अगाडि स्वतन्त्र एमसी फेर्सन स्ट्रुट सस्पेन्सन सिस्टम छ ।  जसले राम्रो गतिशीलता र उच्चतम आराम प्रदान गर्दछ । टाटा विंगर मिनीबसमा अगाडिको एक्सेल ड्राइभ छ जसले कारको जस्तो कम ध्वनी, कम्पन (एनभीएच) दिन्छ । अगाडिको एक्सेलले कम वजन, राम्रो संकर्षण प्रदान गर्दै ट्रान्समिसन नोक्सानी घटेको सुनिश्चित गर्छ । यो सवारीसाधनमा ३ वर्ष वा ३ लाख किमी (जुन अगाडि हुन्छ) को विस्तारित वारेन्टी छ जसले यसलाई यसको श्रेणीमा सबैभन्दा भरपर्दो र विश्वासिलो भ्यान बनाएको छ ।

 

टाटा मोटर्सको बारेमा

टाटा मोटर्स लिमिटेड (बीएसइस् त्ब्त्ब्ःइत्इच्क्), एक ४५ बिलियन अमेरिकी डलरको संस्था हो जो कार, युटिलिटी भेइकल, बस, ट्रक र सुरक्षा सवारीसाधनको संसारमै नेतृत्व गरिरहेको अटोमोबाइल निर्माता हो । युएसडी १०० बिलियन टाटा समूहको एक अंगको रूपमा रहेको टाटा मोटर्स भारतको सबैभन्दा ठूलो र समायोजन गरिएको, स्मार्ट र इमोबिलिटी सोलुसनको व्यापक दायरा प्रदान गरिरहेको एक मात्र ओइएम हो । टाटा मोटर्सले युके, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा ७६ वटा आंगिक र सम्वद्ध कम्पनीको बलियो विश्वव्यापी सञ्जालबाट व्यापार सञ्चालन गरेको छ जसमा युकेमा जगुर ल्याण्डरोभर र दक्षिण कोरियामा टाटा डिउ पनि छ । अन्तर्राष्ट्रिय रूपमा, टाटाको व्यापारिक र प्यासेन्जर सवारीसाधनहरू युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, सीआइएस र रसियाको बजारमा फैलिएका छन् ।
 

टाटा विंगर मिनीबस