कभर स्टोरी भिडियो कुरा: खस्रा मिठा

बिपीभन्दा जान्नेसुन्ने सिटौला र निधी रहेछन्, बल्ल थाहा पाएँ (भिडियोसहित)

बिपीभन्दा जान्नेसुन्ने सिटौला र निधी रहेछन्, बल्ल थाहा पाएँ (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठकमा हिन्दुराष्ट्रलाई परित्याग गरेर राजीतिक प्रस्ताव पास गर्नुलाई राजनीतिक विश्लेषक अरुण सुवेदीले आश्चर्यका रुपमा लिएका छन् । नेपालआजको नियमिति भिडियोस्तम्भ ‘कुरा खस्रा मीठा’मा बोल्दै विश्लेषक सुवेदीले विपीको  शिद्धान्त अवलम्वन  गरेको नेपाली कांग्रेसले हिन्दुराष्ट्रका पक्षमा विगतको कोर्स करेक्सन गर्ला भन्ने आफूले सोचेको उल्लेख गरेका छन् । उनले कांग्रेसका केही नेताहरुलाई व्यंग्य गर्दै भनेका छन्, ‘विपीभन्दा पनि बढी शिद्धान्त जानेका र बुझेका व्यक्ति विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला रहेछन् आज थाहा पाएँ ।’

 

आफू कुनै न कुनै प्रकारको राजसंस्थाको पक्षमा रहेको खुलासा गर्दैै सुवेदीले भने, ‘राजाले जनता मान्दैनन् भने जनताले पनि राजा मान्दैनन् भन्ने अनुभवजन्य निष्कर्षका आधारमा हामी गणतन्त्रमा आएका हौं भन्ने राजनीतिक प्रस्तावको वाक्यले कांग्रेसले फेरि पनि राजसंस्थालाई स्थान दिन्छ कि भन्ने चाहिँ लागेको छ ।’

 

मूलतः कांग्रेसको डबल स्ट्याण्डले यो पार्टी कतै न कतैको हुन लागेको सुवेदी संकेत गर्छन् । सुवेदी भन्छन्, ‘विपीको शिद्धान्त पनि ठीक लाग्ने, राजसंस्था पनि नचाहिने, आफूलाई समाजवादी पनि हुँ भन्ने अनि शिक्षा र स्वास्थ्यलाई व्यापारको वस्तु बनाउने उदेक लाग्दो नीति छ ।’

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।