समाचार प्रदेश १

उपचारका क्रममा कैदीको मृत्यु

उपचारका क्रममा कैदीको मृत्यु

बनियानी । झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

 

 

उनका अनुसार मृतक प्रसाईंको दुवै मृर्गौला फेरिएको थियो । मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा बुधबार उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

 

 

प्रसाईंलाई उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो । उनले २०७३ असोज १० गतेदेखि कैद भुक्तान गर्दै आइरहेको प्रनाउ श्रेष्ठले बताए ।

झापा कैदीको मृत्यु
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।