समाचार प्रदेश ५

६६ लाख हिनामिनाको आरोपमा एकजना पक्राउ

६६ लाख हिनामिनाको आरोपमा एकजना पक्राउ

घोराही । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ । 

 

इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो ।

 

चौधरीलाई घोराहीबाट काठमाडौँ जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले पक्राउ गरेको हो ।

 

प्रहरीले तीन घण्टासम्म सवारी जाँच गरेपछि चौधरी पक्राउ परेकी हुन् । पक्राउ परेकी चौधरीलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

 

उनका श्रीमान सन्तकुमार चौधरी फरार छन् । यसअघि उक्त सहकारीकै रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता कारागार चलान भइसकेका छन् । 

दाङ
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।