मुख्य समाचार प्रदेश ४

नगरपालिकाको निर्णयः पानीपुरी र चटपट बिक्रीमा प्रतिवन्ध, मद्यपान–धूमपान खुला !

नगरपालिकाको निर्णयः पानीपुरी र चटपट बिक्रीमा प्रतिवन्ध, मद्यपान–धूमपान खुला !

काठमाडौं । बागलुङ नगरपालिकामा धूमपान र मद्यपान जहीँत्यहीँ पाउँछ । तर, अब पानीपुरी र चटपट भने पाउनै पुस्किल भएको छ । नगरपालिकाले नै पानीपुरी र चटपट बिक्री गर्न प्रतिवन्ध लगाएपछि त्यसको अभाव भएको हो । 

 

 

नगरपालिकाले नगरसभाबाटै पानीपुरी र चटपट बिक्री कार्यमा प्रतिवन्ध लगाउने भन्दै निर्णय गरेर अहिले कार्यान्वयनमासमेत ल्याइसकेको छ । 

 

 

नगरपालिकाको यो निर्णयबारे नागरिकका मिश्रीत प्रतिक्रिया आइरहेका छन् । धेरै व्यक्तिले यो निर्णयको आलोचना गरेका छन् । उनीहरुले के पानीपुरी र चटपटले मात्रै स्वास्थ्यलाई हानी गर्छ ? भन्दै नगरपालिकालाई प्रश्न गरेका छन् । 

 

 

नगरपालिकाको यो निर्णय सस्तो लोकप्रियताका लागि भन्दै अधिकांश व्यक्तिले सामाजिक सञ्जालमा खिल्ली उडाइरहेका छन् । तर, नगरप्रमुख जनकराज पौडेलले भने पानीपुरी र चटपटमा स्वास्थ्यलाई असाध्यै हानिकारक पदार्थ मिश्रण गरिएको भेटिएकाले प्रतिवन्ध नै लगाउनु परेको बताए ।

 

 

उनले भने, ‘हामीले मानव स्वास्थ्यलाई हानि गर्ने पदार्थ नमिसाएर व्यापार गर्नस् भनेर पटक-पटक सचेत गरायौं तर व्यवसायीहरुले मान्नु भएन । बाध्य भएर प्रतिवन्ध नै लगाउनु परेको हो ।’

 

 

पानीपुरी र चटपटलाई प्रतिवन्ध तर मदिरा, चुरोटलगायतमा चाहीँ किन बिक्री वितरण ? यो प्रश्नमा नगरप्रमुख पौडेलले भने, ‘हामीले यो कार्य (मदिरा, धूमपान) पनि नियन्त्रण र प्रतिवन्धको तयारी गरिरहेका छौं । हामीले पानीपुरी र चटपटेलाई प्रतिवन्ध गर्नुलाई अभियान सुरुवात हुँदैछ भनेर बुझ्न आवश्यक छ । पानीपुरी र चटपटे प्रतिवन्ध हुने तर मदिरा लगायत स्वास्थ्यलाई हानि पुर्याउने पदार्थ प्रतिवन्ध हुँदैनन् भन्ने होइन । विस्तारै मदिरा, बीडीँ, चरोटलगायत मानव स्वास्थ्यमा हानि पुर्याउने तत्वलाई पनि प्रतिवन्ध र नियन्त्रण गर्ने अभियान सुरुवात गर्दै छौं ।’

 

 

नगरपालिकाको यो निर्णयले पानीपुरी र चटपटे व्यापार गरी जीवनगुजरा चलाउने व्यक्तिलाई अहिले त्यहाँ समस्या भइरहेको छ । कतिपयले त्यो व्यापार त्यागेर विकल्प खोजे पनि धेरैले रित्तो हात बस्नु परिरहेको छ । नगरप्रमुख पौडेलले यदि आर्थिक स्थिती कमजोर भएमा त्यस्ता व्यक्तिलाई हार्थिक सहायता गर्न सकिने बताए । 

 

‘प्रतिवन्धपछि पानीपुरी र चटपटे व्यापारीलाई केही समस्या भएको हुनसक्छ, समस्या छ भन्दैमा अब यो व्यवसाय सञ्चालन गर्ने अनूमति दिइन्न । बरु, नगरपालिकाले कमजोर आर्थिक स्थिती भएका त्यस्ता व्यक्तिलाई आर्थिक सहयोग गर्नसक्छ ।’ मेयर वडले भने ।

 

नगरपालिकाले पानीपुरी र चटपट बिक्रीमा गर्ने कार्यमा असार मसान्तमा प्रतिवन्ध लगाएको थियो । यद्यपी, कार्यान्वयन भने कैही महिना अघिदेखि मात्रै सुरु भएको छ । 

बागलुङ नगरपालिका
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।