समाचार प्रदेश ३

 बलात्कार आरोपमा नेविसंघका नेता पक्राउ

 बलात्कार आरोपमा नेविसंघका नेता पक्राउ

नुवाकोट । किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले बुधबार साँझ नेपाल विद्यार्थी संघ नुवाकोटका जिल्ला नेतालाई विदुर नगरपालिका वडा नं ४ बट्टारबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा स्थानीय बादल श्रेष्ठ र रवीन थापा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले बताए ।

 

 

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको कुँवरले जानकारी दिए । पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको छ ।

 

 

उनीहरुले गत कार्तिक २१ गते नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी जनाएको छ ।

 

 

कात्तिक २१ गते बुधबार लक्ष्मीपुजाको साँझ देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले गत शुक्रबार सुर्खेतबाट बन्धक बनाएको अवस्थामा उद्धार गरेको थियो ।

 

 

किशोरीहरुलाई फकाएर भारततर्फ लैजान लागेको अभियोगमा नुवाकोट प्रहरीले उनीहरु बन्धक बनाइएको घरका धनी सुर्खेत भेरीगङ्गा नगरपालिका वडा नं १२ का निर्मल विश्वकर्मा र लिखु गाँउपालिका वडा नं ४ चौघडाका विकास प्याकुरेललाई गत आइतबार नुवाकोट अदालतमा मानब बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गर्दै आइरहेको छ ।

 

 

घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ वट्टार क्याम्पस नेविसंघका पुर्व ईकाई अध्यक्ष हुन भने थापा नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघका ईकाई उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रहेका छन । पक्राउ परेकाहरुबाट अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले बताएको छ । नेपाल समाचारपत्रबाट 

नुवाकोट नेविसंघ किशोरी बलात्कृत
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।