खेल प्रदेश ४

करोडौं रुपैयाँ सकियो, खेल मैदान बनेन

करोडौं रुपैयाँ सकियो, खेल मैदान बनेन

म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ । 

 

तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब रु तीन करोड सकिँदासमेत निर्माणकार्यले पूर्णता पाउन सकेको छैन ।

 

सदरमुकामस्थित क्लब, सङ्घ संस्था, राजनीतिक दल सबैको कार्यक्रम गर्ने स्थल हो, खुल्लामञ्च । जिल्लामा रहेका दल, सामाजिक सङ्घसंस्था, युवा क्लबले आवश्यक पर्दा सम्झने मञ्चमा पटकपटक गरी थुप्रै बजेट खर्चिए पनि आर्थिक अभावले थलिएको छ ।

 

फुटबल, भलिबल, क्रिकेटसँगै बेलाबेलामा सवारीसाधन सिकाउने ठाउँको रूपमा मात्रै प्रयोग हुने खुल्लामञ्चमा आवश्यक पूर्वाधार जुटाउने धेरै प्रतिबद्धता जनाइए पनि पूरा भएको छैन । 

 

कालीगण्डी र म्याग्दी नदीको दोभानमा रहेको यो मैदानलाई व्यवस्थित गर्नका लागि अहिलेसम्म करोडौं खर्च गरिसकिएको छ । दुवै नदीबाट पक्की पर्खाल, तारजाली लगाए पनि मैदानभित्रको पूर्वाधार बनाउन सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

 

खेलमैदानको लागि पर्याप्त ठाउँ नहुँदा खेलक्षेत्र प्रभावित हुने गरेको भन्दै बेनी नगरपालिकाले तीन वर्षदेखि मैदानलाई व्यवस्थित गर्नका कामचलाउ बजेट विनियोजन गर्दै आइरहेको छ ।

 

यो आर्थिक वर्षमा पनि वडा कार्यालयबाट  १४ लाख रुपैयाँ र नगरपालिकाले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेकोे नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए । खुल्लामञ्चमा पूर्वधारको कमीले खेलाडीले चाहेअनुरुपको खेल देखाउन सकेका छैनन् । 

म्याग्दी खेल मैदान
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।