समाचार प्रदेश ४

नेपाली भुमिमा भारत धमाधम बाटो बनाउँदै 

नेपाली भुमिमा भारत धमाधम बाटो बनाउँदै 

दार्चुला  । भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो ।  भारतीय क्षेत्रमा सडक निर्माण भईरहेको ।

 

त्यहाँको घटियाबगर-लखनपुर लिपुलेख सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ बाटो निर्माण भईरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए ।

 

भारतीय क्षेत्रमै आवातजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सचिजलो भएकोले बाटो बनाईरहेका छौँ विष्टले भने । नयाँ पत्रिकाबाट

दार्चुला नेपाली भुमि
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।