समाचार अर्थ समाज कुरा: पैसाको

कर दिवसको उपलक्ष्यमा बढी कर तिर्ने १५ प्रतिष्ठान सम्मानित

कर दिवसको उपलक्ष्यमा बढी कर तिर्ने १५ प्रतिष्ठान सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने १५ व्यवसायी तथा प्रतिष्ठानलाई सम्मान गरेको छ। कर दिवसको अवसरमा विभागले १५ विधामा सबैभन्दा बढी कर तिर्नेहरूलाई सम्मान गरेको हो। यो वर्ष पनि व्यक्तिगत आयकरबाट सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा परेका छन्। जबराले यसअघि लगातार चौथो पटक धैरै आयकर तिर्ने व्यक्तिको रूपमा सम्मानित भएका थिए। विभागले सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सूर्य नेपाल प्रालिलाई सम्मान गरेको छ। त्यस्तै निर्यातकर्तामध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा डाबर नेपाल प्रालिलाई सम्मान गरेको छ। यी दुवै बहुराष्ट्रिय कम्पनी हुन्। सबैभन्दा बढी कर तिर्नेहरू सबैभन्दा धेरै आयकर( सूर्य नेपाल प्रालि निर्यातकर्तामध्ये सबैभन्दा बढी कर तिर्ने( डाबर नेपाल उद्योग क्षेत्रमा सबैभन्दा बढी आयकर( हिमाल पावर कम्पनी कृषि तथ पशुउद्योग( प्रोआयोटिक कम्पनी सहकारी लघुवित्त( छिमेकी लघुवित्त कम्पनी बैंक वित्त संस्था( नबिल बैंक बिमा कम्पनी ( नेपाल पुर्नविमा कम्पनी स्वास्थ्य तथा शिक्षा( नोबेल मेडिकल कलेज सूचना प्रविधि ( एफ वान सफ्ट कम्पनी पर्यटन क्षेत्र (तारागाउ होट रिजेन्सी व्यापार व्यवसाय( सिप्रदी ट्रेडिङ कम्पनी ४० करोड कारोबार( नेपाल इन्भेष्टमेन्ट प्रालि ४० करोडदेखि ८० सम्म कारोबार ( नेपाल स्टक एक्स्चेन्ज व्यक्तिगत आयकर( सिद्धार्थ शमशेर मूअक समयमै बुझाउने र धेरै तिर्ने घोराइ सिमेन्ट।

 

कर दिवस
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।