समाचार राजनीति

अब मन्त्रिपरिषद् बैठकका निर्णय तत्काल जानकारी नदिइने

अब मन्त्रिपरिषद् बैठकका निर्णय तत्काल जानकारी नदिइने

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का निर्णयबारे तत्काल जानकारी नदिने भएको छ । आइतबार साँझ करिब ४ घण्टासम्म बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि गुपचुप राखिएको छ ।

 

 

विभिन्न निर्णय भएको तर त्यसबारे केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैठकपछि सञ्चारकर्मीलाई बताए ।

 

 

‘लामो समयपछि मन्त्रिपरिषद् बैठक बस्यो, तपाईंहरूले समयक्रममा विस्तृत थाहा पाउनुहुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौं,’ उनले भने ।

 

साँझ ६ देखि १० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएकाले कात्तिक ११ यता मन्त्रिपरिषद् बैठक बसेको थिएन । कान्तिपुर दैनिकबाट

मन्त्रिपरिषद् बैठक बैठकका निर्णय