समाचार प्रदेश १

लेक लागेर ताइवानी पर्यटकको मृत्यु

लेक लागेर ताइवानी पर्यटकको मृत्यु

सोलुखुम्बु । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिए । 

 

 

 

सगरमाथा आधार शिविर घुम्न आएका च्याङकोबिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थीत लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ ।

 

 

 

करीब ४५ वर्षीया च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौंमार्फत घुम्न आएका थिए । अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगिसकेको बताइएको छ । 

 

 

 

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौं पठाइने छ । 

सोलुखुम्बु ताइवानी पर्यटक
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।