समाचार विदेश अपराध सुरक्षा मुख्य समाचार

अमेरिकामा प्रहरी अधिकृतमाथि अन्धाधुन्ध गोली प्रहार

अमेरिकामा प्रहरी अधिकृतमाथि अन्धाधुन्ध गोली प्रहार

काठमाडौं । अमेरिकामा बन्धक रहेका बालबालिका छुटाउन गएका प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ । गोली लागेर ७ जना प्रहरी घाइते भएका छन् भने १ जनाको मृत्यु भएको छ । 

 

अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बालबालिका बन्धक बनाएका थिए । ती बालबालिका छुटाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोलीप्रहार भएको हो । बालबालिकाको सकुशल उद्वार गरिएको छ । घाइते प्रहरीहरूको अहिले उपचार भइरहेको छ । 

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्यालिफोर्नियाका गभर्नर हेनरी क्याकमास्टरलाई उद्धत गर्दै प्रहरीमाथि बन्दुकधारीले गोली हानेको पुष्टि गरेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार बालबालिका बन्धक बनाउनेको पहिचान र त्यसो गर्नुको कारण भने अहिलेसम्म खुुल्न सकेको छैन । 

गोली प्रहार