मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, ३ बजे मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, ३ बजे मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । रुघाखोकी  र ज्वरोका कारण दुई दिनदेखि नियमित भेटघाट र बैठकबाटसमेत टाढा रहेका ओलीको स्वास्थ्यमा सुधार भइरहेको हो । 

 

 


उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार प्रेस नोट जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएकाले आइतबार मन्त्रिपरिषद् बैठकमा सहभागी हुने जानकारी दिए ।

 

 

आइतबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । यसअघि प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रबार मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।

 

 

अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी थिएनन् ।

केपी शर्मा ओली मन्त्रिपरिषद् बैठक