मुख्य समाचार

राष्ट्रपतिको भ्रमण स्वीकृत, गोरखापत्रका महाप्रबन्धक पदमुक्त

राष्ट्रपतिको भ्रमण स्वीकृत, गोरखापत्रका महाप्रबन्धक पदमुक्त

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

 

 

यस्तै, मलेसियासँग रोजगार सम्झौता गर्ने अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिने, राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृतसमेत बैठकमा निर्णय भएको प्रवक्ता बाँस्कोटाले बताए । 

 

 


मन्त्रिपरिषद् बैठकले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ। सञ्चारमन्त्री बाँसकोटाका अनुसार अब सरकारी कार्यालयहरूले सोही निर्देशिकाअनुसार काम गर्नु पर्नेछ।

मन्त्रिपरिषद् बैठक