समाचार प्रदेश १

खाटबाट लडेर युवकको मृत्यु !

खाटबाट लडेर युवकको मृत्यु !

तेह्रथुम । सुन्दा अचम्म तर घटना यथार्थ हो । याे घटना तेह्रथुम जिल्लाकाे हाे । सुतिरहेको खाटबाट लडेर लालीगुराँस नगरपालिका-८, सोल्माका ३३ वर्षे दिलिप लिम्बूको सोमबार राति ज्यान गएको छ । 

 

 

श्रीमतीले छाडेपछि एक्लै बस्दै आएका लिम्बू गाउँघरमा धामी झाँक्रीको काम समेत गर्थे । भूइँमा लडिरहेको अवस्थामा छिमेकीले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

 

लिम्बूको शव मंगलबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारले बुझेका जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीले बताए । 

 

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । गाउँलेका अनुसार लिम्बूलाई उच्च रक्तचापको समेत समस्या रहेको थियो । 

तेह्रथुम खाट
ADVERTISEMENT