समाचार समाज

जिप दुर्घटनामा दुईको मृत्यु

जिप दुर्घटनामा दुईको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

 

बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कंदै गरेको लु १ ज २१८१ नम्बरको जिप सोमबार बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले बताए । 

 

गाडी सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले अहिले घटनास्थलमा जाँदै गरेको बताएको छ ।