ओटोमोबाइल

टोयटाका कार रि लाउन्च

टोयटाका कार रि लाउन्च

काठमाडौं । नेपालका लागि जापानको टोयोटा गाडीको अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्टिकेटले टोयोटाका इटोस प्लाटिनम र इटोस लिभा–भीएक्स मोडलको दुई गाडीको रि लन्च गरेको छ ।

शनिबार राजधानीमा फेमिनी कार्निभल आयोजना गरी कम्पनीले नयाँ ढाँचा र थप विशेषतासहित आएका यी गाडी पुनः सार्वजनिक गरेको हो । इटोस लिभा–भीएक्सको बजार मूल्य २९ लाख देखि ३५ लाख ९० हजार रुपैयाँ र इटोस प्लाटिनम सेडान गाडीको बजार मूल्य ३७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यी गाडीमा थप विशेषता रहेको र कार्निभलका अवसरमा ग्राहकलाई थुपै्र सुविधा उपलब्ध गराइएको सेल्स एन्ड मार्के्टिङ इन्चार्ज विवेक बलामीले जानकारी दिए ।
कार्निभलका अवसरमा कम्पनीले २ लाख रुपैयाँसम्म नगद छुट, बिमा, स्पट एक्सचेन्जलगायतका सुविधा उपलब्ध गराएको थियो ।