मुख्य समाचार शेयर

व्यवसायीको विरोधपछि धितोपत्र बजार प्रभावित

व्यवसायीको विरोधपछि धितोपत्र बजार प्रभावित

असार १५ । धितोपत्र बजारमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले विरोध जनाएपछि आज सेयर कारोबार प्रभावित भयो ।

बोर्ड र सङ्घबीच वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केपछि बजारमा कारोबार रोकिएको हो । नेपाल स्टक एक्स्चेन्जमा आज सेयर कारोबार हुन नसकेपछि लगानीकर्ता निराश भएर फर्केका छन् । कारोबार सुरु हुने समय बिहान ११ः०० बजे नै सङ्घले विरोध जनाएपछि बजार प्रभावित भएको थियो ।

सङ्घका अध्यक्ष नरेन्द्रजङ्ग सिजापतिले आफूहरु कर तिर्न तयार भए पनि सरकारले सहज वातावरण नबनाएका कारण बजार प्रभावित भएको जानकारी दिए । उनले सरकारले कर तिर्ने वातावरण बनाइदिए आफूहरुलाई आपत्ति नभएको तर विगतको पनि कर तिर भन्नु व्यावहारिक नभएको उल्लेख गरे ।

बोर्डका प्रवक्ता नीरज गिरीले भने कुनै पनि समस्या नभएकाले विवाद संवादद्वारा समाधान हुने बताए । महालेखा परीक्षकको कार्यालयले आव २०६९/७० देखिको सबै कारोबारको कर तिरेको भन्दै बेरुजुमा राखेपछि आन्तरिक राजस्व विभागले नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घलाई कर तिर्न पत्राचार गरेको थियो ।

राजस्वको पत्र पछाडि व्यवसायीले कर तिर्ने प्रक्रिया मिलाइदिन आग्रह गर्दै आएका छन् । बोर्डले भने अर्थमन्त्रालयसँगको छलफलपछि आवश्यक निर्णय लिइने जनाउँदै आएको छ ।

nepse