राजनीति भिडियो

विरगंजमा लाठी जुलस गर्दै राजपाले भन्यो, ‘ मधेसमा चुनाव गरे उम्मेदारलाई खतरा ’ (भिडियो सहित )

विरगंजमा लाठी जुलस गर्दै राजपाले भन्यो, ‘ मधेसमा चुनाव गरे उम्मेदारलाई खतरा  ’ (भिडियो सहित )

सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गराउन लागेको विरोधमा राजपाले पूर्व निर्धारित कार्यक्रम अनुसार विरंगजमा लाठी जुलुस निकालेको छ ।

विरंगजको घण्टाघरबाट निकालिएको जुलुस नगरपरिक्रमा गर्दै घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो ।

Image may contain: 10 people, outdoor

 

उक्त कार्यक्रममा राजपाका केन्द्रिय नेताहरु यू पटेल, राजेशमान सिंह , कदम रसुल, कृष्ण पटेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

विरंगजमा भएको कोणसभामा जेठ ३१ मा स्थानिय चुनाव हुन नदिने, मधेसको माग पुरा नगरे चुनाव रोक्ने वक्तब्य दिएको विरगंजबाट सन्तोष पटेलले बताए ।
उक्त कार्यक्रममा राजपाका केन्द्रिय नेताहरुले मधेसमा चुनाव गरे चुनावमा भाग लिने उम्मेदारलाई खतरा रहेको उत्तेजक अभिव्यक्ति दिएको पटेल बताउछन् ।