अर्थ बैंकिङ

अर्थतन्त्रलाई उकास्न वृहत सुधारको खाँचो - प्रतिवेदन

अर्थतन्त्रलाई उकास्न वृहत सुधारको खाँचो - प्रतिवेदन

काठमाडौँ, ९ जेठ । नेपालको गरिबी उल्लेख्य रुपमा घटे पनि आर्थिक वृद्धिदर उच्च हुन नसक्दा नीतिगत बृहत् सुधारका कार्यक्रमले अर्थतन्त्रलाई उकास्ने एक प्रतिवेदनले औँल्याएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको ‘मध्यआयको मार्गमा नेपाल’ नामक उक्त प्रतिवेदनले उत्पादकत्व वृद्धि र लगानी प्रवद्र्धन गर्न नीतिगत सुधार अपरिहार्य भएको देखाएको छ । पूर्वाधार र सार्वजनिक क्षेत्रमा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा मानव पुँजी निर्माण, लगानीमैत्री नीति, विद्युत् उत्पादनमा विशेष प्राथमिकता, एकीकृत कृषि विकास र व्यावसायिक तथा सीपयुक्त शिक्षाको विकासबाटै आर्थिक वृद्धिदर बढोत्तरीमा मद्दत पुग्ने प्रतिवेदनले सुझाएको छ ।

बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले नीतिगत व्यवधानको अन्त्य, आर्थिक वृद्धिका नयाँ स्रोतको निर्माण, उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग र जनतामा लगानी बढाउन सके आर्थिक वृद्धिको बाटामा अग्रसर हुन सकिने बताए। “कतार जानुभन्दा नेपालकै विद्युत् परियोजनामा काम गर्ने वातावरण निर्माण गर्न अपरिहार्य भएको छ”, खाडी मुलुक र मलेसियाका वैदेशिक रोजगारीबाट भन्दा अहिले नेपालमा नै रोजगारीका अवसर निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले भने । भूकम्पपछिको पुनःनिर्माणलगायत नेपालमा कामका अवसर रहेका र थप रोजगारीका क्षेत्र सिर्जना गर्नुपर्ने सुझाव उनले दिए । 

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्