अर्थ बैंकिङ

सेञ्जुरीले हकप्रद र बोनस शेयर दिने

सेञ्जुरीले हकप्रद र बोनस शेयर दिने

चैत्र – ३१ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको छ । बिहीबार काठमाडौँको कमलादीस्थित प्रज्ञाभवन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको छैठौँ साधारण सभाले सो निर्णय गरेको हो । सो सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्वीकृतीसमेत प्रदान गरेको छ । ‘साधारण सभाले शेयरधनीहरुलाई नाफाबाट १० प्रतिशत बराबरको बोनस शेयर र दुई संस्था प्राप्ती पश्चात्को पूंजीमा ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ,’ बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७ करोड पूंजी र चार संस्था प्राप्तीबाट करिब रु. २ अर्ब पूँजी थप हुनेछ भने नपुग पूँजी ४० प्रतिशत हकप्रद शेयर र चालु आ.व.को मुनाफाबाट रु. ८ अर्ब पूँजी पुग्ने जनाएको छ । सबै संस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् । Century Bank

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्