समाज

कुरुवा निधाएको मौकामा विरामीद्वारा अस्पतालमै आत्महत्या

कुरुवा निधाएको मौकामा विरामीद्वारा अस्पतालमै आत्महत्या
चैत्र–२४ । राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् । वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचौं तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको झ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् । पोखराको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि घर्तीलाई यही चैत ६ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको थियो । महानगरीय प्रहरी वृत्त न्युरोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बिरामी कुरुवा निदाएको अवस्था पारेर घर्तीले झ्यालमा पासो लगाएर आत्महत्या गरेको बताए । रासस

आत्महत्या राष्ट्रिय ट्रमा सेन्टर विरामी