भिडियो राजनीति

लालबाबु भन्छन्, ‘दक्षिणको हावाले बाबुराम भट्टराई धेरै हल्लिनु हुन्छ’(भिडियोसहित)

लालबाबु भन्छन्, ‘दक्षिणको हावाले बाबुराम भट्टराई धेरै हल्लिनु हुन्छ’(भिडियोसहित)


चैत–१९ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले चुनावपछि दिल्ली तिरै बसाईं सर्ने अवस्था आउने बताएका छन् ।

निर्वाचन स्थगनको माग राख्दै आएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको नाम नै किटान गर्दै नेता पण्डितले भने, ‘निर्वाचनविरोधी कुरा गर्ने हो भने भट्टराईजी चुनावपछि दिल्लीतिरै बसाई सर्नु हुने हो कि भन्ने चिन्ता छ । उहाँ बसाइ सर्नु नै भयो भने पनि नेपाली जनताले भने दुखाउँदैनन् ।’

नेता पण्डितले दक्षिणको हावा लागेर बाबुराम हल्लिने गरेको पनि दाबी गरेका छन् ।  नेपालआजसँगको कुराकानीका क्रममा नेता पण्डितले संविधान मस्यौदा समितिको आफै सभापति भएर संविधान लेख्ने बाबुराम भट्टराईले जारी भएकै दिन यो संविधान जलाउनु पर्छ, च्यात्नु पर्छ भनेको देख्दा सबैभन्दा बढी दुख लागेको बताए ।


विराटनगर उपमहानगरपालिकाको मेयरमा चुनाव लड्ने खबर बाहिरिए पनि त्यसमा कुनै औपचारिक निर्णय नभएको उनले सुनाए । उनले भन, ‘चुनाव आउँदैछ, यस्ता कुरा त भइहाल्छन् । तर पार्टीले त्यस्तो कुनै औपचारिक निर्णय गरिसकेको छैन ।’ नेता पण्डितले एमालेलाई नश्लवादी भन्नेहरु आफै नश्लवादी भएको बताए । उनले भने, ‘एमालेमा सबैक्षेत्रका, सबै जातिका, सबै समुदायका मान्छे छन् । तर पनि एमालेलाई तिनैले नश्लवादी भनेका छन् जसको पार्टीमा कतै यादव मात्रै छन्, कतै राजपूत मात्रै छन् ।’

नेपालमा राजनीति गर्ने तर सेवा अर्को देशको गर्नेहरुप्रति लक्ष्यित गर्दै उनले भने, ‘भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानेर नेपालीको हत्या गर्दा पनि भारतीय सुरक्षाकर्मीले गोली हानेकै हैन भनेर बोल्ने पनि देखिए । त्यस्ता नेता र पार्टी नेपालीको हितमा खुलेकै हैन ।’

baburam bhattarai Lalbabu Pandit
ADVERTISEMENT