समाचार

६ वर्षपछि भारतीय एसएसबीको गोली लागेर मारिएका साहको परिवारलाई १० लाख क्षतिपूर्ति

६ वर्षपछि भारतीय एसएसबीको गोली लागेर मारिएका साहको परिवारलाई १० लाख क्षतिपूर्ति
चैत्र–१३ । भारतीय सीमा सुरक्षा बलको गोली लागेर ६ वर्षअघि मारिएका मोरङका बासुदेव साहको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने भएको छ । सोमबारबाट विराटनगरमा हुने पूर्वाञ्चल क्षेत्रीय सुरुक्षा बैठकपछि गृहमन्त्री विमलेन्द्र निधिले साहको परिवारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गराउने भएका हुन् । २०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो । १३ जेठ २०६७ मै जिल्ला सुरक्षा समिति मोरङले मृतकका परिवारलाई १० लाख रुपैयाँ दिन सरकारलाई सिफारिस गरेपनि कार्यान्वयन हुन सकेको थिएन । गौतमको परिवारलाई शनिबार मात्र गृहमन्त्री निधिले १० लाखको चेक हस्तान्तरण गरेका थिए ।

क्षतिपूर्ति परिवार बासुदेव साह मोरङ सरकार