अपराध सुरक्षा

सानै उमेरमा विवाह गर्न नपाएको झोँकमा एकजोडीले गरे आत्महत्या

सानै उमेरमा विवाह गर्न नपाएको झोँकमा एकजोडीले गरे आत्महत्या
फागुन २६ । बर्दियाको धधवारमा विवाह गर्न नपाएको झोँकमा एक जोडी किशोर किशोरीले आत्महत्या गरेका छन् । विष सेवन गरेका उनीहरुको उपचारका क्रममा नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । बर्दियाको धधवा ७ का १६ वर्षीय शत्रुधन थारु र १३ वर्षीया शर्मिला चौधरीले बुधबार घर भित्रै विष सेवन गरी आत्महत्या गरेको बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । प्रेमीले प्रेमिकालाई भगाएर आफ्नो घर लगेका थिए । घर बाहिर केटा र केटी पक्षका आफन्तबीच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको एसपी बोहराले बताए । केटाको उमेर १६ वर्ष र केटीको उमेर १३ वर्ष मात्रै रहेकाले दुवैको विवाह योग्य उमेर नभएको प्रहरीले जनाएको छ । केटाकेटीको शवलाई कोहलपुर प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया पठाएको छ । घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

आत्महत्या