भिडियो

‘सदिऔंदेखिको स्वतन्त्र मुलुक नेपाल टुक्रिने सम्भावना कतै देख्दिनँ’ (भिडियोसहित)

‘सदिऔंदेखिको स्वतन्त्र मुलुक नेपाल टुक्रिने सम्भावना कतै देख्दिनँ’ (भिडियोसहित)


फागुन २० । भारतीय सेनाका पूर्वरथी दीपञ्कर बेनर्जीले नेपाल–भारतसम्बन्ध सुधारतर्फ अगाडि बढेको बताएका छन् ।

पछिल्लो समय दुई मुुलुकबीच देखिएको चिसोपना क्रमश कम हुँदै गएको बेनर्जीेले बताए । उनले सामान्य विषयहरुले दुई देशको सम्बन्धमा फरक नपार्ने धारणा राखे । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वरथी बेनर्जीले आगामी २० वर्षमा हुने वैज्ञानिक आविष्कार र सम्भावित युद्धबारे पनि चर्चा गरे ।



४५ मिनेटको मन्तव्य व्यक्त गरेका पूर्वरथी बेनर्जीले भने ‘नेपाल आफैंमा एक आत्मनिर्भर देश हो । भारत पनि आत्मनिर्भर छ । कुनै पनि देश अब टुक्रिने पनि छैन र त्यो हुँदा पनि हुँदैन ।’ उनले कुनै पनि मुलुकमा भएको विविधताले त्यो मुलुकलाई आपसमा जोड्ने उल्लेख गरे । उनले भने, ‘भारतमा हिन्दू, मुस्लिम, बौद्धधर्मावलम्वी बस्छन् । नेपालमा पनि त्यस्तै छ । यी विविधता समस्या होइन समाधान बन्न सक्नु पर्छ ।’

भारतीय कुटनीज्ञिहरुले बेला बेला भन्दै आएको तथ्यांक बेनर्जीले पनि दोहोर्याए । उनले भारतमा ६० लाख नेपालीले बसोवास गरिरहेको दाबी गरे । भारतीय सेनामा अहिले पनि ४० हजार नेपाली कार्यरत रहेको उनको नेपाली जनताको संख्या ६० लाख रहेको छ । त्यसमा पनि ४० हजार नेपाली अहिले पनि भारतीय सेनामा कार्यरत रहेको उनले जानकारी दिए ।

पूर्वरथी बेनर्जीले नेपालका युवा पुस्ताले नेपाल भारतसम्बन्ध बारे राम्रो धारणा बनाउन थप पहल गर्नु पर्ने बताए । उनले भने, ‘सम्बन्धमा कहिले काहीँ दरार उत्पन्न हुन्छ । तर त्यस्तो विषयहरुलाई क्रमश समाधान गर्दै लैजानु पर्छ ।’

भारतीय सेनामा ३६ वर्ष बिताएका बेनर्जी नेपाल–भारत सम्बन्धका जानकार व्यक्तिका रुपमा परिचित छन् ।

dipankar baneerji nepal india realtionship