देश

कोसीपारि पहिलोपटक जिप र ट्रयाक्टर पुग्दा खुसीयाली

कोसीपारि पहिलोपटक जिप र ट्रयाक्टर पुग्दा खुसीयाली
फागुन - ६ । सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारिका गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन्। शुक्रबार दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जिप र एउटा ट्याक्टर पुर्‍याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र अबीर लगाउनुको साथै नाचगानसमेत गरेका थिए। केही महिनाअघि सोही दिप्लीघाटबाट पारी गएर डोजरले पावै गाविसमा सडकको ट्र्याक खोलेपछि आज पहिलोपटक जिप र ट्र्याक्टर पारी तारिएको हो। दूधकोसीभन्दा पारी रहेका र भौगोलिक रुपका अत्यन्तै विकट जिल्लाका वाकु, पावै, बुङ, छेस्काम, सोताङ र लोखिम गाविसका बासिन्दा सवारी साधन दूधकोसी तरेपछि खुसी भएका हुन्। जिप र ट्रयाक्टर कोसी तार्ने समारोहमा उपस्थित पावैका नीरज राईले आजको दिन कोसीपारीका बासिन्दाका लागि जीवनकै खुसीको दिन भएको बताए।

सोलुखुम्बु