अर्थ ओटोमोबाइल

साङयाङ मोटर्सको उद्घाटन सम्पन्न, अाइएमएसकाे विस्तार गर्ने लक्ष्य

साङयाङ मोटर्सको उद्घाटन सम्पन्न, अाइएमएसकाे विस्तार गर्ने लक्ष्य
 
फागुन–४ । साङयङ मोटर्सका नेपाली आधिकारिक विक्रेता आइएमएस मोटर्स प्रा.लि. ले उद्घाटन गरे लगत्तै अब आफ्नो डिलर नेटवर्क र स्टेट अफ आर्ट सेवालाई साङयङ ग्राहकहरु माझ विस्तार गर्ने लक्ष्य लिएको छ । आइएमएसले नक्सालमा (प्रहरी हेडक्वार्टरको अगाडि) सबै सुविधासम्पन्न, आधुनिक तथा स्टेट–अफ– आर्ट एक्सक्लुजिभ शोरुमको उद्घाटन गरेको हो । साङयङका सबै टेक्निसियन तथा सर्भिस इन्जिनियरहरुलाई प्रशिक्षण दिन कोरियन प्रशिक्षक च्याङ हनुच्याङलाई कम्पनीले फेब्रुअरी ६ देखि १० सम्मका लागि नेपाल आमन्त्रित गरेको थियो । यस प्रशिक्षणले कम्पनीले साङयङ गाडिहरुमा हुने निरन्तर इन्नोभेसन तथा टेक्नोलोजिकल विस्तारसँग अपडेट रहन मद्धत पुर्याउने छ । कम्पनीले २०१७ को मार्च तथा अन्त्य सम्ममा कम्पनीले नयाँ तथा को अनवारण गर्ने विज्ञप्तिमा जनाइएको छ । भविष्यमा पनि कम्पनीले कोरियन टिमलाई नेपाल बोलाएर प्रशिक्षण गराइरहने विज्ञप्तिमा उल्लेख छ ।

अाइएमएस साङयाङ मोटर्स