खेल

दृष्टिविहीन विश्वकपमा नेपालको सातौँ हार, भारतसँग १५२ रनले पराजित

दृष्टिविहीन विश्वकपमा नेपालको सातौँ हार, भारतसँग १५२ रनले पराजित
माघ–२६ । भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सहभागी नेपाली टोली आठौँ खेलमा पनि पराजित भएको छ । नेपाल भारतसँग १५२ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेर भारतले १ विकेटको क्षतिमा दिएको २८९ रन पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३७ रनमात्र जोड्न सक्यो । भारतको लागि अजय कुमार रेड्डीले शतक प्रहार गर्दै १०९ रन बनाए भने भेनकोटेस्वारा राओले ८२ र दुर्गा राओले ५३ रन जोडे । नेपालीको लागि भने रमेश बहादुर बानियाले सर्वाधिक ३५ रन जोडे । त्यस्तै पदम बहादुर बडैलाले २८ रन र विक्रम बहादुर रानाले २५ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालले अहिलेसम्म दक्षिण अफ्रिकालाई बाहेक अन्य राष्ट्रहरुलाई हराउन सकेको छैन । नेपाल लिगको आठौँ स्थानमा रहेको छ । राउण्ड रबिन लिगको आधारमा खेलाइने उक्त प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछ तर नेपाललाई सेमिफाइनलमा प्रवेश गर्न भने निकै कठिन देखिएको छ ।

क्रिकेट दृष्टिविहीन विश्वकप नेपाल