ओटोमोबाइल

एमएडब्लुको ‘नयाँ स्कोडा र्‍यापिड’ नेपाली बजारमा

एमएडब्लुको ‘नयाँ स्कोडा र्‍यापिड’ नेपाली बजारमा

माघ १९ । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित स्कोडा र्‍यापिडको फेसलिफ्ट नेपाली बजारमा भित्र्याएको छ । नयाँ क्रिस्टलाइन डिजाइन ल्यांग्वेजमा तयार गरिएको र्‍यापिडको नयाँ रुप हो भन्दै कम्पनीले नेपालमा स्कोडा र्‍यापिड १६ सय सिसीको पेट्रोल इन्जिन र १५ सय सिसीको डिजेल इन्जिनमा उपलब्ध हुने जनाएको छ ।

नयाँ स्कोडा र्‍यापिड ६ वटा एक्साइटिङ कलर ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेडमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । साथै नयाँ स्कोडा र्‍यापिड तीन भेरियन्टः एक्टिभ, एम्बिसन र स्टाइलमा नेपालभरका स्कोडाका आधिकारिक सोरुममा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ स्कोडा र्‍यापिडले नेपाली सेडानप्रेमीको अपेक्षालाई पूर्ति गर्ने भन्दै सेडान सेग्मेन्टमा आफ्नो कम्पनी मार्केट लिडर भएको दाबी गरे। उनका अनुसार नयाँ स्कोडा र्‍यापिड फेमिली कार भएका कारण सहरी यात्राका लागि सहज हुने कम्पनीले जनाएको छ । यस्तै, एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले लामो यात्राका लागि आरामदायी र स्पेसियस भएको जानकारी दिए । उनले परिस्कृत पफर्मेन्स, इमोसनल डिजाइन, क्लास लिडिङ सुरक्षा व्यवस्था र सिम्प्ली क्लेभर सोलुसन नयाँ र्‍यापिडको विशेषता रहेको बताए।

नयाँ कारमा ‘ड्राइभ’–६.५ इन्चको कलर टचस्क्रिन सेन्ट्रल इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको भन्दै कम्पनीले कारमा रहेको मिररलिंक प्रविधिले स्मार्टफोनलाई विना कुनै अवरोध कारसँग कनेक्ट गराउन सकिने जनाएको छ । नयाँ स्कोडा र्‍यापिड १५ सय सिसी टिडिआई डिजेल इन्जिन र १६ सय सिसी एमपिआई पेट्रोल इन्जिनमा उपलब्ध छन् । स्कोडाको मुख्य सोरुम काठमाडौंको थापाथलीमा छ भने मुख्य सर्भिस सेन्टर बसुन्धरामा छ । यसबाहेक पोखरा, विराटनगर, नारायणघाट, धनगढी र नेपालगन्जमा पनि स्कोडाका सोरुम र सेवा केन्द्र रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Scoda