कुरा: खस्रा मिठा भिडियो

‘चिनियाँ खर्च’मा वाम गठबन्धन बनेको हो (भिडियोसहित)

‘चिनियाँ खर्च’मा वाम गठबन्धन बनेको हो (भिडियोसहित)

काठमाडौं । जलसरोकारका विज्ञ अरुणकुमार सुवेदी आन्तरिक राजनीतिदेखि अन्तर्राष्ट्रिय राजनीति, कुटनीतिक सम्बन्धजस्ता विषयमा सटिक र चोटिलो टिप्पणी गर्नु हुन्छ । उहाँको विश्लेषणलाई समर्थन गर्नेहरु पनि उल्लेख्य छन् । यद्यपि उहाँका आलोचकहरु पनि नभएका होइनन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन पछि एमाले र माओवादीले मुलुकमा सर्वसत्तावाद लाद्छन् भन्ने आरोपमा केही आधारहरु सुवेदी देख्नु हुन्छ । के छन् त उहाँले देख्नु भएका आधारहरु ?

 

‘धेरैले भनिरहेका छन् कि एमाले–माओवादको गठबन्धनले मुलुकमा अधिनायकवादको जन्म हुन्छ । यो आरोप कांग्रेसी र गैरकांग्रेसीले पनि लगाइरहेका छन् । यस्तो आरोप आइरहेको बेला केपी ओलीले कहिले पनि हामी लोकतान्त्रिक मूल्य मान्यताभन्दा बाहिर हुँदैनौ भन्नु भएको छैन । उहाँले त अब हामी ५० वर्ष शासन गर्छौं भनिरहनु भएको छ । यो त रोबर्ट मुगावे, ह्युगो चाभेज हुन्छौं भने जस्तो भयो ।

 

दुई तिहाई बहुमत ल्याएर कार्यकारी प्रमुखको व्यवस्था हुने गरी संविधान संशोधन गर्छौं भनिसकेपछि यो विषय बढी चर्चामा आएको हो । यस्तो अवस्थामा आयो जब चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशनमा राष्ट्रपति सि जिन पिङले नयाँ धारणा लिएर आउनुभयो । त्यो धारणको प्रभाव त होइन ? भनेर शंका गर्ने अवस्था स्थापित भयो । त्यो धारणा आउनु र नेपालमा कम्युनिष्टहरु मिल्नुले शंका गरिएको छ ।

नेपालमा कम्युनिष्टहरुको गठबन्धन स्वभाविक छैन । अहिले एमाले–माओवादीको गठबन्धन मार्क्सवादी पश्चगमन भन्छु । मार्क्सवादीहरु अग्रगमनमा गए भने प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेर प्रतिस्पर्धा स्वीकार गर्छन् । पश्चगमनमा गए भने एकदलीय सर्वसत्तावाद लागू गर्न खोज्छन् । अहिले एमालेबाट मानिसहरु तर्सिएका छन् । लोकतान्त्रिक धारको एउटा खम्बा एमाले थियो । तर अहिले चुनावी गठबन्धनमात्रै नभएर माओवादीसँग पार्टी नै एकता गराउन खोजेपछि विषय फरक तरिकाले आएको हो । यसबाट एमाले मार्क्सवादी पश्चगमनमा जाला कि भन्ने शंका उत्पन्न भएको छ ।

 

अहिलेको एमाले र माओवादीको गठजोडको सूत्रधार नेपालको चारकिल्ला भन्दा बाहिर तयार भएको हो । प्रचण्डले अबको निर्वाचनमा माओवादीको हालत पतला हुन्छ भन्ने थाहा पाएपछि उहाँले केपी ओलीलाई २ सय करोड दिएर गठबन्धन किनेका हुन् । किन्ने पैशा चीनको सरकारी कम्पनीले दिएको हो । चर्चा यहि छ । तर मसँग यसको प्रमाण छैन ।

 

केही अखबारले वामगठबन्धनको सूत्राधार चीन हो भनेर लेखे । चिनियाँ राजदूत तुरुन्तै शेरबहादुर देउवालाई भेट्न गएर हामीले होइन भन्न भ्याए ।’

 

कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।