भिडियो

यमवुद्धलाई अन्तिम श्रद्धाञ्जली दिन आएका प्रशंसक यसरी बने भावविह्वल, आमा बेहोश (भिडियो)

यमवुद्धलाई अन्तिम श्रद्धाञ्जली दिन आएका प्रशंसक यसरी बने भावविह्वल, आमा बेहोश (भिडियो)
[embed][/embed]
दुई हप्ता अगाडि आत्महत्या गरेका चर्चित ¥यापर यमबुद्धकोे शवलाई आज काठमाडौं ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको शव सिधै कमलादिस्थित प्रज्ञा भवन पुर्याइको थियो । यमबुद्धको शव हेर्न आइपुगेकी उनकी आमा बेहोश भइन । उनलाई अन्तिम श्रद्धाञ्जली दिन आएका उनका प्रशंसकहरु भावविह्वल बने । नेपाल प्रज्ञा भवन कमलादिमा उनको शव हेर्न आएका प्रशंशकहरुले रुदै यमबुद्धलाई अन्तिम बिदाइ गर्दै भावुक बनेका हुन् ।
प्रज्ञाभवनमा उनको शव हेर्न आएका प्रशंशकहरुले भीडले गर्दा केही समय तनाबग्रस्त रह्यो । भीड बड्दै गएपछि उनको शवमा अन्तिम श्रद्धाञ्जली दिनका लागि लाइन लाग्ने व्यवस्था गरेको थियो । यमबुद्धलाई अन्तिम चोटी हेदै श्रद्धाञ्जली दिनको लागि धेरै युवायुवतीहरु लामो लाइन थियो । उनको दाहसस्कार आज (शनिबार) राति पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको छ । नेपाली गीतसंगीततर्फ बिल्कुलै फरक विधा ‘र्याप र हिपहप’ गायनलाई नजिकबाट नियालेका यमबुद्धले युवा पुस्तामाझ स्थापित गराउन महत्वपूर्ण योगदान दिएका थिए । उनको साथी, एकादेश, पागलपन, अन्त्यको सुरुवात, आमा र फुटपाथमा मेरो घरलगायत दर्जनौं गीत अझैसम्म युवापुस्तामाझ लोकप्रिय छन् ।

anil adhikari rip yama buddha yama buddha