भिडियो

यसरी देखाइयो प्रधानमन्त्री प्रचण्डलाई रक्सीको तालमा

यसरी देखाइयो प्रधानमन्त्री प्रचण्डलाई रक्सीको तालमा

सयुंक्त अरब इमिरेट्स पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रक्सीको तालमा देशको बदनाम गरेको भनिएको फोटो सामाजिक संजालमा भाइरल हुन बेर लागेन । राजेश मिश्रदेखि रमा सिंहले प्रचण्डले खुट्टा लरबराएको देखिने तस्विर पोष्ट गर्दै देशको बदनाम भएको जिकिर गरे । यसैगरी लहैलहैमा प्रधानमन्त्री प्रचण्डलाई आलोचना गर्नेको संख्या बढ्दै गयो । प्रचण्डका आलोचक र बिरोधीले यसलाई मसलाको रुपमा प्रयोग नगर्ने कुरै भएन । कुरा बुझ्दै जाँदा यथार्थ अर्कै रहेछ । सामुहिक तस्विर खिचाउँने बेलामा प्रचण्ड अलमलिएका रहेछन् । किनारमा रहेका प्रचण्ड मध्यभागमा जानका लागि खुट्टा लम्बाएका रहेछन् । सामुहिक तस्विर लिँदै गर्दा कसैले भिडियो खिचेको रहेछ । सोही भिडियोको दृष्य काटेर प्रचण्डलाई रक्सीको तालमा देखाइएको बुझिएको छ । यसअघि प्रचण्डले सामाजिक संजालले अति गरेको अभिव्यक्ति दिएका थिए । देशका प्रधानमन्त्री प्रचण्डको विदेश जाँदाको सन्दर्भलाई समेत अतिरंजित गरिएपछि उनले के गर्नेछन् ? धेरैले चासो व्यक्त गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले यसबारेमा बुझ्दै गरेको जनाएको छ ।
[nepalaja_video type="youtube" id="YsYf84RedPU" width="700px"] भिडियो: रिखी राम पौडेल  

prachanda drunk fake