खेल

नेपाली महिला फुटबल टोली स्वदेश फर्किदै

नेपाली महिला फुटबल टोली स्वदेश फर्किदै
पुस–२० । महिला साफ च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा भारतसँग हारेपछि प्रतियोगिताबाट बाहिरिएको नेपाली महिला टोली बुधबार स्वदेश फर्किदैछ । भारतस्थित सिलगुढी गएको नेपाली टोली बेलुकी ६ बजे काठमाडौँ आइपुग्ने नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले जानकारी दिए । नेपाली टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगे तापनि सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । नेपालले यसअघिका ३ वटा संस्करणको फाइनलमा भारतसँगै पराजित भएको थियो र यो नेपालले पहिलो पटक सेमिफाइनलमा हार व्यहोरेको हो ।

नेपाल महिला साफ च्याम्पियनसिप