विदेश

जापानमा आँधीमा परी मर्नेकाे सङ्ख्या १४ पुग्याे

जापानमा आँधीमा परी मर्नेकाे सङ्ख्या १४ पुग्याे
japan भदाै - १७  उत्तरी जापानमा आएको भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १४ पुगेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । होक्काइदो द्वीपको एक नदी नजिकै बिहीबार साँझ दुई व्यक्तिको थप शव फेला परेपछि यो सङ्ख्या १४ पुगेको प्रहरी प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । यस ‘लायनरक’ नाम दिइएको यस तूफानबाट बिहीबार नै १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ बेपत्ता भएका बताइएको थियो । एवाइजुमी सहर यस आँधीबाट अत्यन्त प्रभावित भएको यस सहरमा मात्र यस तूफानबाट १२ व्यक्तिको मृत्यु भएको छ । मारिएका ती १२ व्यक्तिमा नौ जना बृद्ध आश्रममा बस्ने व्यक्ति रहेका छन् ।  यसैबीच देशको दक्षिणी भागमा पनि अर्को शक्तिशाली आँधी आएको बताइएको छ । सञ्चारमाध्यममार्फत सरकारले खतराको सङ्केत गर्दै सबैलाई सुरक्षित र सतर्क अवस्थामा रहन पनि आग्रह गरेको छ ।  होक्काइदो प्रान्तको टोहोकु क्षेत्रमा चार लाख व्यक्तिलाई खतरा पुर्‍याएको भन्दै उद्वार गरी अन्यत्रै सारिएका गत बुधबार नै बताइएको थियो । japan

Japan tyfoon