विदेश

पछिल्लो आक्रमण अबु मोहमद अल आदनानीमा लक्षित –अमेरिका

पछिल्लो आक्रमण अबु मोहमद अल आदनानीमा लक्षित –अमेरिका

945395_1_1102-Syria-Rebel-Training_standard

भदौ १७ । गत मङ्गलबार सिरियामा भएको अमेरिका नेतृत्वको हवाई आक्रमण लामो समयदेखि इस्लामिक स्टेट (आइएस) को प्रवक्ता अबु मोहमद अल आदनानी लक्षित भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।

“हवाई आक्रमणको नतिजा हामी अझै मूल्याङ्कन गरिरहेका छौं र रणभूमिबाट अदनानी हट्नु भनेको आइएसलाई थप एउटा ठूलो धक्का पुग्नु हो” आतङ्ककारी समूहका एकजना अर्को नाइकेलाई पनि प्रहारको लक्ष बनाउने शैलिमा पेन्टागनका प्रवक्ता पिटर कुकद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच आइएसको समाचार प्रसारण संस्था अमाकले अलेप्पो युद्धभूमिमा दुश्मन सेनाको भयानक आक्रमणको प्रतिकार गर्दागर्दै आफ्ना प्रवक्ता मारिएको पुष्टि गरेको छ ।

उत्तरपश्चिमी सिरियाको इदलिब प्रान्तको एउटा गाउँमा जन्मेका अदनानीले सन् २००३ मा इराकविरुद्ध अमेरिकी नेतृत्वमा बहुराष्ट्रिय सेनाद्वारा सञ्चालित युद्धमा प्रतिकार गर्ने पहिलो विदेशी समूहको नेतृत्व लिएका थिए ।