समाचार

नयाँ सरकारको जुक्तिः नियम फेरेर भए पनि कर्मचारी सरुवा गर्ने

नयाँ सरकारको जुक्तिः नियम फेरेर भए पनि कर्मचारी सरुवा गर्ने

samanaya prasasanभदौ ८ । मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेका बेला सरकारले कर्मचारी सरुवाका लागि १५ दिन म्याद थपी निजामती सेवा नियमावली संशोधन प्रस्ताव अघि बढाएको छ । धेरैजसो मन्त्री नियुक्त हुन बाँकी रहेकाले मापदण्ड र आधार पुगेका कर्मचारीहरुलाई साउन महिनाभित्र सरुवा गर्न नपाएपछि सरकारले भदौ १५ सम्म सरुवा गर्न पाउने म्याद राखी नियमावली संशोधन गर्ने निर्णय गरेको हो ।

उक्त संशोधन प्रस्तावलाई सहमतिका लागि लोकसेवा आयोगमा पठाइएको छ । मन्त्री नियुक्त नभएको बहानामा विपभिन्न मन्त्रालयअन्तर्गत ठूलो संख्याका कर्मचारीहरुको सरुवा अड्किएको छ । कान्तिपुर दैनिकबाट

विशेष