राजनीति

माओवादी केन्द्रको महाधिवेशन स्थगित

माओवादी केन्द्रको महाधिवेशन स्थगित
congresh-uml-maoistभदौ – ३ । नेकपा (माओवादी केन्द्र)ले आगामी पुस २८ गतेदेखि गर्ने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । सरकारको कामलाई प्रभावकारी बनाउन र सरकारकै काममा मुख्य ध्यान दिनका लागि अध्यक्ष प्रचण्डले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । महाधिवेशन स्थगितसँगै भदौ ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरिएको छ । प्रवक्ता भुसालका अनुसार पार्टी अध्यक्ष प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएको र महाधिवेशनमा केन्द्रित हुँदा सरकारका काम प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गरेर महाधिवेशन स्थगित गरिएको हो ।

Maobadi Kendra mahadibesan