राजनीति

मधेसी मोर्चाको माग पनि कस्तो ! नाकाबन्दी आफू गर्ने अनि राहत तराइका व्यापारीलाई सरकारले दिनु पर्ने

मधेसी मोर्चाको माग पनि कस्तो ! नाकाबन्दी आफू गर्ने अनि राहत तराइका व्यापारीलाई सरकारले दिनु पर्ने

भदौ ३ । मधेसी मोर्चाले सरकारसँग विभिन्न मागहरु वार्ताका पूर्वशर्तका रुपमा राख्दै आएको थियो । मोर्चाले सरकारलाई यसअघि विभिन्न आन्दोलनमा मारिएका आफ्ना कार्यकर्तालाई सहिद घोषणा गर्नुपर्नेलगायत पाँचवटा माग राख्दै आएको थियो ।

मोर्चाले राखेका अन्य मागमा थुनामा राखिएका आफ्ना २५ जना कार्यकर्तालाई तत्काल मुक्त गर्नुपर्ने, आन्दोनलका क्रममा घाइते भएका सबैलाई निःशुल्क उपचार गर्नुपर्ने, नाकाबन्दीका क्रममा घाटा ब्यहोरेका तराइका व्यापारीलाई राहत दिनुपर्ने र सरकारले विभिन्न समयमा सशस्त्र समूहसँग गरेको सम्झौता कार्यान्वयन गनुपर्ने थियो । नयाँ पत्रिकाबाट