ताजा खबर राजनीति समाचार

नेपालसँग मिलेर काम गर्न चाहन्छौंः भारत

नेपालसँग मिलेर काम गर्न चाहन्छौंः भारत

India

भदौ ३ । भारतले पुष्पकमल दालहाल नेतृत्वको नयाँ सरकारसँग नजिकबाट रहेर काम गर्न चाहेको बताएको छ । सरकारले विशेष दुतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाएकै दिन भारतीय विदेश मन्त्रालयले साप्ताहिक पत्रकार सम्मेलनमा उक्त कुरा बताएको हो ।

‘भारत नेपालको नयाँ सरकारसँग नजिक रहेर काम गर्न चाहन्छ’ उनले भने नयाँ सरकाको विशेष दूतका रुपमा मन्त्री निधि भारत भ्रमणमा रहेकै बेलामा उक्त कुरा भारतिय विदेश मन्त्रालयले बताएको हो । उसले यसलाई अवसरका रुपमा लिएको समेत जनाएको छ । ‘नयाँ सरकार गठन भएपछि नेपालबाट भएको यो उच्चस्तरिय भ्रमण हो । भ्रमणले नेपालको नयाँ सरकाको प्राथमिकता ब्झ्ने अवसर प्रदान गर्ने छ’ स्वरुपले भने ।

Nepal India Relationship