राजनीति

एमालेका प्रभावशाली नेताहरुको ठहर ‘ओलीको ठट्यौली शैलीले नौ महिनामा सरकार ढल्योे’

एमालेका प्रभावशाली नेताहरुको ठहर ‘ओलीको ठट्यौली शैलीले नौ महिनामा सरकार ढल्योे’

CPN-UMLभदौ ३ । एमाले अध्यक्ष केपी शर्मा ओलील नेतृत्वको पूर्ववर्ती सरकार स्वदेशी र विदेशी शक्तिले मात्र नभएर ओलीको कार्यशैली, कार्ययोजना र ठट्यौलीपनले नौ महिनामै ढलेको उक्त पार्टीका नेताहरुले बताएका छन् ।

एमाले अध्यक्ष ओलीको अध्यक्षतामा बिहीबार जारी स्थायी समिति बैठकमा सहभागीहरुले पार्टीले सत्ता गुमाउनु परेको आवेशमा मात्र नभएर राष्ट्र र जनतासँग प्रत्यक्ष सरोकारका विषय समेट्दै आगामी रणनीति तयार गर्न सुझाव दिएका छन् । –अन्नपूर्ण पोस्ट्बाट