राजनीति

नेविसंघको अध्यक्षमा महर, आचार्य झिनो मतले पराजित

नेविसंघको अध्यक्षमा महर, आचार्य झिनो मतले पराजित

nain-sign-magar

भदौ २ । नेपाली काग्र्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षधर नयनसिंह महर विजयी भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मनोजमणि आचार्यलाई झिनो मतले पराजीतगर्दै महर नेविसंघको सभापतिमा निर्वाचिचत भएका हुन् ।

काग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहिवार दिउसो सकिएको मतगणनामा महरले १ हजार ४ सय ९६ प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले १ हजार ३ सय ६२ मत प्राप्त गरेका थिए ।

अध्यक्षमा आनन्द राज त्रिपाठी, नगेन सिंह ठकुरी, नैनसिंह महर, बचन कार्की (मुसा), मनोजमणी आचार्य, लक्ष्मण आचार्य र शुभराम वस्नेत गरि ७ जना मैदानमा थिए । अध्यक्षका लागि कुल ३२ सय ६० मत खसेको छ ।

महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा विजयी भए । दुई महामन्त्रीका लागि भएको निर्वाचनमा हिमालदत्त श्रेष्ठ, दिपक भट्टराई र शंकर पौडेल मैदानमा थिए ।

Naisingh Mahar