विदेश

सिरियामा गृहयुद्धले निम्त्याएको विपत्ति, पाँच वर्षे बालकको दर्दनाक फोटो

सिरियामा गृहयुद्धले निम्त्याएको विपत्ति, पाँच वर्षे बालकको दर्दनाक फोटो
Siriya एजेन्सी– युद्ध आफैंमा अप्रिय शब्द हो । सिरियामा चलिरहेको गृहयुद्धले मानिसहरुको जीवन कसरी बर्बाद बनाइरहेको छ भने यो एक तस्वीरले देखाएको छ । एम्बुलेन्सको सिटमा एक्लै बसिरहेका बालक पाँच वर्षका छन् । उनको गृहनगर एलप्पोमा भएको हवाई कारबाहीमा उनी घाइते भएका थिए । उनका अभिभावकको अवस्था के भयो भन्ने बारेमा थाहा छैन । हवाई कारबाहीका क्रममा उनको घर ध्वस्त हुँदा उनी त्यहीँ थिए । घर भत्किँदा उडेको धुलो उनको शरीरमा अझै छ । भिडियोमा उनी रोएका छैनन् । तर, अस्पतालमा जान प्रतिक्षारत जस्ता देखिएका छन् । सिरियामा जारी गृहयुद्धमा उनी जस्ता धेरै बालक घाइतेमात्र भएका छैनन्, ज्यान नै गुमाएका छन् । तर, यो तस्वीरले विश्वको ध्यान तानेको छ ।

Siriya Fight